Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

एपेक्स प्रि स्कूलको ७औं वार्षमा

पोखरा महानगरपालिका वडा नं.३० शिशुवामा रहेको एपेक्स प्रि स्कूलको ७औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले अभिभावकहरुले समय समयमा आफ्ना बाबु नानीहरुको पढाइको अवस्थाका बारेमा विद्यालयबाट जानकारी लिनुपर्ने सुझाव राख्दै विद्यालयले उनीहरुलाई अनुशासनका साथ साथै बानीव्यहोरामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नका लागि मन्टेश्वरीमा पढाइने शिक्षाको महत्वपूर्ण हुने बताए ।

यसै गरी वडा सदस्य बिनोद प्रसाद लामिछाने , वडा सदस्य एवं शिक्षा समितिका सदस्य उमा परियार, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराम कंडेल, मन्टेश्वरी एशोसियसन कास्कीका अध्यक्ष भवानी पराजुली बराल , लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष राजेन्द्र ओझा, नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी, मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरका ट्रेनर दुर्गा सिग्देल, अभिभावकहरु विश्वराज खनाल, अन्जना बराल लगायतले बालबालिकाको भविष्यका लागि पूर्व प्राथमिक तहबाट नै सरोकारवाला सबैले ध्यान दिएमा बालबालिकाको भविष्य उज्वल हुने बताए ।

विद्यालयका प्रिन्सिपल कल्पना तिवारीले बालबालिकालाई प्रारम्भिक अवस्थाबाटै अनुशासनको पाठ सिकाउँदै किताबी ज्ञानका अलवा व्यवहारिक शिक्षामा समेत जोड दिइएको बताइन् । विद्यालयको बारेमा जानकारी दिंदै प्रिस्सिपल तिवारीले अभिभावकको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै उनीहरुको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्याथीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए भने शैक्षिक पुरस्कार वितरण समेत गरिएको थियो । शिक्षक प्रतिक्षा भुर्तेलले स्वागत गरेकी थिइन् भने शिक्षक पबिना तिवारीले कार्यक्रम सञ्चालन गरेको सञ्चालक समितिका अध्यक्ष थानेश्वर तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist