‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा रहेको विन्ध्येश्वरी युवा रेडक्रस सर्कलले विभिन्न अतिरिक्त क्रियाकलाप, सरसफाई तथा सामाजिक कार्यहरु आयोजना गर्दै आइरहेको छ । सामाजिक दायित्व वहन गदैं मृगौला पिडितलाई मृगौला प्रत्यारोपण गर्न रु २८०००÷—( अक्षेरुपी रु.अठ्ठाइस हजार मात्र) सहयोग गरेको छ । आर्थिक अवस्था ज्यादै नै न्युन भएका गोरखा जिल्ला, पालुङ्गटार—४ निवासी सन्जिब श्रेष्ठ लाई सहयोग गरिएको हो । निज व्यक्ति विगत ५ बर्ष देखि मृगौला डायलसिस गराउर्दै आएका थिए । हाल डाक्टरको सल्लाह बमोजिम मृगौला प्रत्यारोण गर्नु पर्ने भएकाले निजको परिवारको अपिल बमोजिम उक्त सहयोग गरिएको सर्कलका शिक्षक नायक राजु बयालकोटी र युवराज रौनियारले जानकारी गराउनु भयो । सो रकम सर्कलका संरक्षक तथा विद्यालय प्राचार्य कृष्णकुमार श्रेष्ठले पिडितलाई हस्तान्तरण गर्नुभएको थियो ।