‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा २ देखि कक्षा ९ सम्म नाटक प्रतियोगिता सम्पन्न गरियो ।
यस कार्यक्रममा मा.वि.तहबाट कक्षा ७ का सुभम सुनारको समूह प्रथम र कक्षा ८ को प्रशंशा कार्कीको समूह द्वितीय भएको छ भने, प्रा.वि.तहबाट कक्षा ५ को आदित्य बि.क.को समूह प्रथम र कक्षा २ को सौगात हमालको समूह द्वितीय भएका छन् ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा यस्ता क्रियाकलापले सृजनशिलता तथा कलाकारिताको विकास होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रम हरेक शुक्रबार गरिने जानकारी गराउनुभयो । यस कार्यक्रमको निर्णायक मण्डलमा मा.वि.की नेपाली शिक्षिका माया क्षेत्री र योगा शिक्षक अमृत मगर रहनुभएको थियो भने कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।