‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा २ – ९ कक्षासम्म ग्लोबल क्वीज तथा अंग्रेजी डायलग प्रतियोगिता सम्पन्न गरियो ।

यस ग्लोबल क्वीज कार्यक्रममा मा.वि.तहमा अल्फा (रातो) सदनबाट कक्षा ९ की छात्रा साइना बुद्धाचार्य, कक्षा ८ की छात्रा प्रशंशा कार्की, कक्षा ७ का छात्र विप्लब लोहनी र कक्षा ६ की छात्रा सुबी श्रेष्ठ प्रथम र डेल्टा (पहेँलो) सदनबाट कक्षा ९ का छात्र शिशिर तिमिल्सिना, कक्षा ७ की छात्रा मञ्जिसा भुजेल, सोही कक्षाका छात्र कृतन गुरुङ र कक्षा ६ की छात्रा अंकिता पौडेल द्वितीय भएका छन् । भने आधारभुततर्फ अल्फा (रातो) सदनबाट कक्षा ५ का छात्र आदित्य लम्साल, कक्षा ४ की छात्रा श्रिषा तिमिल्सिना, कक्षा ३ का छात्र विश्वास थापामगर र कक्षा २ का छात्र अंकित मन्ना प्रथम र बेटा (निलो) सदनबाट कक्षा ५ की छात्रा सविता सुनार, कक्षा ४ की छात्रा अदिती तिमिल्सिना, कक्षा ३ की छात्रा युनिका खनाल र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भएका छन् ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुको चौर्तफी विकास होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने कुरा जानकारी गराउनुभयो । भने यस कार्यक्रमको सञ्चालन मा.वि. तहमा अतिरिक्ति क्रियाकलाप प्रमुख राजु बयलकोटी र प्रा.वि. तहमा शिक्षक युवराज रौनियारले गर्नुभएको थियो ।