Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

प्रदेशमा गठबन्धनको हलचलः धमाधम मन्त्री हटाईंदै

केन्द्र सरकारको सत्ता गठबन्धन परिवर्तन भएर नयाँ सरकार बन्दै गर्दा प्रदेशहरुमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । प्रदेश सभाको अंकगणित अनुसार मुख्यमन्त्रीहरुले नयाँ गठबन्धनमा सहभागी दलका प्रतिनिधिहरुलाई सरकारबाट धामधम हटाउन थालेका छन् । केही प्रदेशमा मुख्यमन्त्रीकै राजिनामा माग्न थालिएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माल बर्खास्तमा परेका छन् । मुख्यमन्त्री शाहले केन्द्रको सत्ता गठबन्धन परिवर्तन भएअनुसार नै आफूले मन्त्रीहरु हटाएको आज सम्वाददाताहरुसँग बताए । खाली भएका मन्त्रालय उनले आफैं जिम्मा लिएका छन् । सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार बनेको थियो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । आज बिहान उनले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैंले राखेका छन् । ६० सदस्यीय प्रदेशसभामा नेकपा ९एमाले०को २२ र नेकपा (माओवादी केन्द्र) का आठ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले आजै केहीबेर अघि पत्रकार सम्मेलन गरेर राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

कोशी प्रदेशमा पनि केन्द्रको गठबन्धन परिवर्तनको असर देखिन थालेको छ । एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीको राजिनामा माग्न थालेका छन् । तर त्यहाँ अहिलेसम्म कसैको राजिनामा आउने र सरकार छाड्ने निर्णय गरेको खबर प्रकाशमा आएको छैन ।
मुख्यमन्त्री कार्की नेपाली कांग्रेसलाई प्रतिधित्व गर्छन् । मुख्यमन्त्री कार्कीले केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि आफू नेतृत्वको सरकारलाई असर नगर्ने बताउका छन् । सरकार गठनको अन्तिम विकल्पका आधारमा आफू मुख्यमन्त्री बनेको स्पष्ट पार्दै कार्कीले संवैधानिक रुपमा यो सरकार नै रहिरहने दावी पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist