Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

पोखरामा ५० वर्षदेखि गञ्जागोल बसपार्क, बनेन प्रशासनिक भवन

५ दशकदेखि अधुरै रहेको पोखरा बसपार्क आफ्नै कार्यकालमा बनाइसक्ने मेयर धनराज आचार्यले बताएका छन् । आइतबार पृथ्वीचोकको पोखरा भवनको शिलान्यस गर्दै मेयर आचार्यले उक्त प्रतिवद्धता जनाएका हुन् । नेपालको प्रमुख पर्यटकीय सहरकोे रुपमा दरिएकोे महानगरको बसपार्कको स्थिति बिजोग हुँदा आलोचना हुँदै आएको थियो । स्थलमार्ग भएर पोखरा आउने पर्यटकले बसपार्क गतिलो नभएको भन्दै गुनासो गर्दैै आएका थिए ।

पोखरा बसपार्क बनाउन २०३२ सालमै जग्गा अधिग्रहण सुरु भएको थियो । तत्कालीन नगर विकास समितिले बसपार्क बनाउन भन्दै २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । जसमा बसपार्कको बीच भागमा पर्ने पृथ्वीराजमार्ग छुट्याएर १८७ रोपनी जग्गा बसपार्कको नाममा कायम गरिएको थियो ।
तर, ५ दशकअवधिसम्म नबनेको पोखरा बसपार्क बर्सेनि अतिक्रमणको चपेटामा पर्दा मुस्किलले ४७ रोपनीमा सीमित हुन पुगेको छ । मेयर आचार्यले अहिले बसपार्कलाई व्यवस्थित गर्ने र त्यहाँ रहेका सुकुम्बासी बस्तीलाई पनि व्यवस्थापन गर्ने अन्तिम चरणमा पुगेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist