Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

शुभकामना विद्यालय पोखरा ६, बैदाममा प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा ६, बैदाममा रहेको शुभकामना विद्यालयमा बालबालिकाको सर्वाङ्गीण विकास शिक्षा र हाम्रो भूमिका शीर्षकमा अभिभावक तथा शिक्षकशिक्षिकाहरूको वृहद् सहभागितामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गारियो ।

विद्यालयका प्राचार्य श्यमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा थ्री स्टार टिचर एजुकेसन सेन्टरका प्रमुख प्रदीप पराजुलीले शिक्षकशिक्षिकाहरू तथा अभिभावकहरूलाई बालापनमा खेलिने खेल खेलाएर बालापनको स्मरण गराउँदै सुरू गर्नुभएको थियो। कार्यक्रममा साना बालकहरूको शारीरिक र मानसिक अवस्था फुल्न र फक्रन दिएर भविष्यका एक असल, सक्षम नागरिक निर्माण गर्न सकिनेतर्फ जोड दिंदै अभिभावक र शिक्षक दुबै पक्ष त्यसप्रति अत्यन्त सतर्क, सचेत भई सजायबिना नै सिकाउनुपर्ने ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रममा २५० जनाभन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो । बिभिन्न परिवेशका बालबालिकाहरु उम्रिदै गरेका बिरुवा हुन्, यिनीहरू सही समयमा सही मल, जल, ताप प्राप्त गर्न सके त्यो विरुवा राम्रो र उत्कृष्ट फल दिन सक्ने बन्न सक्छ भन्ने उदाहरण दिई बालकहरूलाई प्रेममा हुर्काउने, उन्मुक्त रुपमा सिर्जना प्रस्फुटित हुन दिने, बिना रोकतोक सिक्न पाउने वातावरणको सिर्जना गर्नुपर्ने वर्तमान अवस्थालाई ध्यान दिएर पुरातन सोचबाट एक कदम अगाडि बढेर नयाँ सोचमा रुपान्तरित हुने भन्ने बिषयमा जोड दिइएको थियो।

पोखरा ६, लेकसाइडको अम्बोटमा रहेको क्रिष्टल महलमा सम्पन्न प्रशिक्षण कार्यक्रम सहभागि अभिभावकहरुले यस्ता प्रशिक्षण कार्यक्रमहरु निरन्तरता दिइ अभिभावकहरुलाइ समय समयमन सचेत तथा जागरुक गराउनुपर्ने कुरामा जोड दिनुका साथै बिद्यालय प्रति आभार प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist