Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि

ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो । नेपाललाई विश्वकै मोटरस्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाडाँैदेखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाईकल टुरिङ र्याली हुनेछ ।

कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्छे झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राईडिङ्ग सम्वन्धित जनचेतना मुलक कार्यक्रम समेत हुनेछ । जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धि विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनको सहयोग तथा गण्डकी अटोमोबाईल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रममा पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर समापन हुनेछ । कार्यक्रम संयोजक अनिलकुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसीक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist