Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

एकैदिन साढे आठ सय ठाउँमा डढेलो, जोखिम अझै बढ्दै

पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रबार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टरले जनाएको छ । ५९ वटा जिल्लाका विभिन्न ठाउँमा डढेलो लागेकोमा सबैभन्दा धेरै उदयपुरका ६५ ठाउँमा डढेलो लागेको छ ।

यस्तै ताप्लेजुङको ६०, सप्तरीमा ५९, तेह्रथुममा ४४, काभ्रेका ३८ र भोजपुर तथा धनुषाका ३५–३५ ठाउँमा डढेलो पहिचान भएको छ । नेपालमा वन डढेलोका घटना बढ्ने क्रम पछिल्ला केही वर्षदेखि नै बढिरहेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढेका छन् ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वर्षको दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा धेरै मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेका विभागले जनाएको छ । नेपालमा हुने डढेलोका घटनामध्ये ९छ्यानब्बे० ९६ प्रतिशत मानवीय कारण र १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ ।

यस वर्ष हिउँदमा कम पानी परेको कारण सुक्खा हुँदा डढेलोको जोखिम अझै बढेको विज्ञहरुले बताएका छन् । डढेलोका कारण वनजङ्गल सहित कतिपय ठाउँमा डढेलो बस्तीमा पसेर मानवीय क्षति समेत हुने गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार २०७० सालपछिको एक दशकमा नेपालमा डढेलोका कारण ७ सय ६९ जनाको ज्यान गएको छ भने २ हजार ५ सय ९अरसठ्ठी० ६८ जना घाइते भएका छन् । यस्तै २२ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist