Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

वाटर स्पोर्टस नेपाल र नारा पोखराले जिते ड्रागन बोटरेस प्रतियोगिताको उपाधि

पर्यटकीय नगर पोखरा महानगरपालिकाको दोस्रो ठूलो ताल बेगनास तालमा भएको ड्रागन बोटरेस प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाल र नारा पोखराले हात पारेका छन् । सोमबार भएको पाँच सय मिटरतर्फ वाटर स्पोर्टस विजेता बनेको छ । नारा पोखरा दोस्रो, नेपाली सेनाको टोली तेस्रो भएको छ ।

महिला तर्फ पाँच सय मिटरमा बेगनासताल डुंगा व्यवसायी समितिले उपाधि हात पार्न सफल भएको छ । बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जालरी दिदीबहिनी समूह फेवा तेस्रो भएका छन् । आइतबार भएको २ सय मिटरको ड्रागन बोटरेसमा पुरुषतर्फ नारा पोखराले उपाधि जित्दा वाटर स्पोर्टस नेपाल दोस्रो र फेवा मत्स्य व्यवसायी संघ तेस्रो भएका थिए ।

महिलातर्फ बेगनासताल डुंगा व्यवसायीले २ सय मिटरमा पनि उपाधि जित्यो । बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जलारी दिदीबहिनी समूह फेवा तेस्रो भए । प्रतियोगितामा ३ महिलासहित १४ समूहको सहभागिता रहेको थियो । २ सय र ५ सय मिटर गरी दुई इभेन्टमा प्रतियोगिता सञ्चालन भएको हो ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन बोट संघ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेण्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल हुने छन्। दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसियसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार जितेका छन्। पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद प्राप्त गरेका छन् ।

चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको ढुंगा दौड हो। १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ। पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो। रेसमा सहभागी हुन विमान चार्टड गरी एक सय २० सदस्यीय टोली चीनबाट पोखरा आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist