सेती नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजीका लागि सेती नदीको बाँध खोलिने भएको छ । पोखरा वडा नंं. ३ स्थित नदीपुरको पुरानो पुलबाट सेती नदीमा हाम फाली बेपत्ता युवकलाई खोज्न भोलि चैत १५ गते १ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको हो । पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता फागुन १८ गतेदेखि पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा – ११ मा बस्ने सगुन बास्तोला सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीको उद्दार टोलीले फागुन २२ गते सेती नदीको पानीको बहाव बडाई खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले नदी वरपर काम गर्ने वा आवतजावत गर्नेलाई सुरक्षित रहन आग्रह गरेको छ ।