Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

भाइको नामबाट एसइई दिने एक पक्राउ

दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकरबहादुर तारीमाले जानकारी दिए। एसइई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

महाबु गाउँपालिकाको गैडाबाज माध्यमिक विद्यालय रानीवनका नियमित एसइई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक नारायण नगरपालिका–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको जनाइएको छ। यस्तै, आजदेखि सञ्चालनमा आएको एसइई परीक्षामा दैलेखबाट पाँच हजार बढी विद्यार्थीले सहभागिता जनाएका छन्। यहाँका ११ स्थानीय तहबाट पाँच हजार २ सय ५७ जना विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाएका हुन्।

दैलेखमा २५ वटा परीक्षा केन्द्रबाट एसइई परीक्षा सञ्चालन भइरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका निमित्त कार्यालय प्रमुख रतन विष्टले बताए। उनका अनुसार यस वर्ष साधारणतर्फ चार हजार ८ सय ५५, प्राविधिकतर्फ एक सय ४६ र ग्रेड वृद्धितर्फ दुई सय ५६ गरी पाँच हजार २ सय ५७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी छन्। एसइई दिने पाँच हजार २ सय ५७ जना विद्यार्थीमध्ये पाँच हजार १ जना नियमित तर्फका छन् भने ग्रेड वृद्धितर्फका दुई सय ५६ जना छन्। साधारणतर्फ परीक्षामा सहभागी हुनेमा छात्र दुई हजार २ सय ४६ र छात्रा दुई हजार ६ सय ९ जना रहेका छन्। प्राविधिक धारतर्फ छात्र ८३ जना र छात्रा ६३ जना छन्।

यस वर्षको एसईई परीक्षामा ग्रेड वृद्धितर्फ छात्र एक सय ३८ जना र छात्रा एक सय १८ जनाले परीक्षामा सहभागिता जनाएका निमित्त इकाई प्रमुख विष्ट जानकारी दिए। परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ३४ जना, निरीक्षक २ सय ६२ जना, परीक्षा सायक ४९ जना र कार्यालय सहयोगी १ सय ३ जना गरी चार सय ७३ कर्मचारी खटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist