Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल समक्षउनले राजीनामा पत्र बुझाएकी हुन् ।
माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हालसत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाटै नारायण दाहाल निर्वाचित भएपछि विहीबार राजीनामा बुझाएकी हुन् ।राष्ट्रिय सभा अध्यक्षमा ओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भएपनि नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट उपाध्यक्षको आकांक्षा राखेको छ ।

गठबन्धन दलबीच उपाध्यक्ष नेकपा एस वाअरु कसैले लिने भन्ने औपचारिक सहमतिभने भएको छैन् । नेकपा एस सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमतिभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई जोडबलका साथ गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए । सो क्रममा उपाध्यक्ष एसलाई दिने साथै माधव नेपाललाई आलोपालो प्रधानमन्त्री बनाउने सहमति भएको बुझिएको छ ।
एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्यालगर्दै उपाध्यक्ष एसलाई दिन सहमत भएको बुझिएको छ । दाहाल नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफलपार्ने लक्ष्यका साथभएको सात बूँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने क्रममा उपाध्यक्षका सवालमा अन्य दल लचक भएको बुझिन्छ । एकीकृत उपमहासचिब प्रकाशज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist