Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

सम्मानसहित एसओएस गण्डकीमा विद्यार्थीको बिदाइ

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई बिदाइ गरिएको हो । एसओएसका संस्थापक डा. हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरी कार्यक्रमको समुघाटन गरियो । कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य चूडामणि सुवेदीले गरेका थिए । कास्की क्षेत्र नं. २ की सङ्घीय सांसद् विद्या भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिदाइ मन्तव्य व्यक्त गर्दै विद्यालयका १०+२ का संयोजक खगेन्द्रराज बरालले विद्यालयले बर्सेनि प्राप्त गरिरहेको सफलताको चर्चा गर्दै बिदाइ भएर जाने विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गरे । समारोहमा बिदाइ भएर जाने विद्यार्थीहरूको सम्मानमा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

समारोहमा एमबीबीएस, बीई, बीएस्सी नर्सिङ, बीडीएस, वनविज्ञान, इन्जिनियरिङजस्ता राष्ट्रका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यालयका भूतपूर्व विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो । बिदाइ भएर जाने कक्षा १२ का विद्यार्थीहरूलाई विशेष अतिथि तोरणबहादुर बानियाँ, एसओएस गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालयका प्राचार्य चूडामणि सुवेदी, सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेलले संयुक्त रूपमा अबिर र खादा अर्पण गरी मायाको चिनोसमेत प्रदान गरे । आफैँ स्रोत जुटाएर एसओएसले राज्यले गर्नुपर्ने दायित्व पूरा गरिरहेकामा प्रसन्नता व्यक्त गर्दै प्रमुख अतिथि तथा सङ्घीय सांसद विद्या भट्टराईले आगामी दिनमा आफूले एसओएस स्कुल सञ्चालनका विषयमा सङ्घीय सांसदमार्फत् सरकारको ध्यान आकर्षण गर्ने बताइन् । ‘सुख–दुःख, प्राप्ति–क्षति दुवैलाई सामानान्तर ढङ्गले सामना गर्दै सङ्घर्षपूर्ण जीवन जिउने विद्यार्थी नै जीवनमा सफल हुन्छ ।’ सांसद भट्टराई भनिन्, ‘एसओएसजस्तो प्रतिष्ठित विद्यालयबाट दीक्षित भई बिदा भएर जाने विद्यार्थीहरू आफ्नो उज्ज्वल भविष्य निर्माणसँगै नेतृत्वदायी भूमिकासहित समाज रूपान्तरण अभियानमा पनि अग्रसर हुनुपर्दछ ।’

पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले जीवनमा आर्थिक प्रगतिभन्दा पनि इमानदारी र नैतिकता महत्त्वपूर्ण भएकाले यसैभित्र विद्यार्थीहरूले सफलता खोज्दै देशसेवा गर्न तत्पर हुनुपर्ने बताए । एसओएस गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले आत्मनिर्भर बन्ने प्रक्रियामा सङ्घर्ष गरिरहेको विद्यालयले सङ्घ, प्रदेश र स्थानीय सरकारबाट यथाशक्य सहयोगको अपेक्षा गरिरहेको बताउँदै बिदाइ भएर जाने विद्यार्थीहरूले शिक्षा प्रदान गर्ने आफ्नी आमाजस्तो सम्मानित शिक्षालयलाई सदैव स्मरण गरिरहनुपर्ने बताए ।

विद्यालयबाट बिदाइ भएर जाने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जहाँ पुगे पनि विद्यार्थीहरूले एसओएसको सद्भावना दूतका रूपमा रहेर कार्य गरिरहने विश्वास व्यक्त गरे । सम्मानित विद्यार्थीहरूका प्रतिनिधित्व गर्दै गतवर्ष शिक्षा मन्त्रालयको सरकारी कोटाबाट चिकित्साशास्त्रतर्फ तेस्रो नम्बरमा नाम निकाल्न सफल विप्लव पौडेलले एसओएसमा अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेका आफ्ना अग्रजहरूको प्रेरणाले आफूलाई पनि सफलताको खुड्किलो चढ्ने हौसला प्रदान गरेको बताए ।

समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष टीकाराम सुवेदी, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

समारोहमा कक्षा १२ का तर्फबाट रिश्मा पाण्डे र सुशान्त गुरुङ तथा कक्षा ११ का तर्फबाट प्राश्ना पौडेलले बिदाइ मन्तव्य राखेका थिए भने कक्षा ११ का विद्यार्थीहरू रिया गौतम, प्रज्ञा शर्मा, कस्मिना पराजुली र अनुष्का आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist