Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पर्वतमा एक दम्पती मृत फेला

पर्वतको जलजला गाउँपालिका–२ दहमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतको अनुसार ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमति ६७ वर्षीय कमला घर्ती क्षत्री घरभित्रै मृत फेला परेका हुन् । घरभित्र मृत फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुसाल नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । विहान साढे ९ बजे घटनाबारे खबर पाएकोे भुषालले जानकारी दिए । घरमा सूर्यबहादुर र कमला दम्पत्ती मात्रै बस्ने गरेका थिए । २ छोरा वैदेशिक रोजगारीको शिलशिलामा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् ।

आमाको फोन नउठेपछि म्याग्दीमा रहेका जेठो छोरा र माइली बुहारी घर पुग्दा दुवै जना मृत फेला परेका हुन् । घरभित्र मृत भेटिएपनि कोठामा भने ढोकामा भने ताल्चा लगाइएको डिएसपी भुषालले बताए । ढोका फोडेर भित्र हेर्दा मृत भेटिएको डिएसपी भुषालले जानकारी दिए । घटनास्थलको बाहिर हेर्दा संघर्ष भएको नदेखिने उनको भनाइ छ । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट चिकित्सक र कुुकुरसहितको विज्ञ टोली घटनास्थलतर्फ जादैंछ । पर्वत प्रहरीले पनि प्रारम्भिक अनुसनधान थालेको जनाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist