Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

बागलुङमा तीन वर्षमा ५५ दुर्घटना

बागलुङमा हरेक वर्ष दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यस वर्ष १६ जनाले ज्यान घुमाएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १२ दुर्घटनामा ४८ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा २३ वटा सवारी साधान दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए ।

गत आर्थिक वर्ष २०७९÷०८० मा २० वटा दुर्घटना भएका थिए । दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष दुर्घटना झिनो संख्यामा घटे पनि मृत्यु र घाइते हुनेको संख्या भने बढि रहेको छ । पछिल्लो तीन वर्षमा बागलुङमा दुर्घटनामा परि ४० जनाले ज्यान गुमाएका छन् भने ११० जना घाइते भएको तथ्यांकमा उल्लेख छ । यस अवधीमा ५५ वटा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन निउरेले जानकारी दिए । उनको अनुसार दुर्घटनामा ४९ सवारी साधानमा क्षति पुगेको छ ।

ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार ६१६ सवारी साधानलाई कारबाही गरि दुई करोड ६९ लाख तीन हजार राजश्व संकलन गरेको छ । दैनिक ग्रामीण सडकमा सयौँ सवारी साधान गुढ्ने तर ति सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको निउरेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist