नेपाल एु टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड एु ले क्लिन स्वीप गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल एु लाई ६९ रनले हराउँदै आयरल्यान्ड ए ले शृङ्खला क्लिन स्वीपु गरेको हो । आयरल्यान्ड ए ले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ए ३९ ओभर ४ बलमा २ सय १५ रन बनाउँदा अल आउट भयो । नेपाल एु का अर्जुन कुमालले शतक बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुन १ सय १८ बलमा १ सय २ रन बनाए । यस्तै अर्जुन साउदले ३६ रन जोडे । नेपालले ए ले २२ रन अतिरिक्त पायो । बलिङतर्फ आयरल्यान्ड ए का बेन ह्वाइटले ५ र गभिन होवेले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड एु ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड ए का स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल एु का रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए । एकदिवसीय क्रिकेट शृङ्खलामा आयरल्यान्ड एु ले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो । यसअघि नेपाल एु टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड एु ले २–१ ले जितेको थियो ।