Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

इलाम २ का उम्‍मेदवारको अन्तिम नामावली प्रकाशित

इलाम–२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । एक स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका–११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेका हुन् । कार्यालयले १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको जनाइएको छ ।

मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बु तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु ९थेगिम०, नेकपा समाजवादीले माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङको नाम कार्यालयले प्रकाशन गरेको छ ।

यसैगरी राप्रपा नेपालका उम्मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बु, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाहको नाम पनि प्रकाशित छ । स्वतन्त्र उम्मेद्वारी दिएका डाँकप्रसाद गौतम, दिपेश बोहोरा, डकेन्द्रसिं लिम्बु ९थेगिम०, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालको नाम अन्तिम नामावलीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist