Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

हेम्जामा हाइग्राउन्ड एड्भेन्चर्सले सुरु ग¥यो ‘सावर बन्जी’

पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु भएको छ । हाइग्राउन्ड एड्भेन्चर्स नेपालले बुधबारदेखि हेम्जामा ‘सावर बन्जी’ को सुरुवात गरेको हो । २०१४ नोभेम्बरमा हेम्जामा बन्जी सञ्चालन गर्दै साहसिक पर्यटनमा जग बसालेको हाइग्राउन्डले सञ्चालन गरेको ‘सावर बन्जी’ नेपालमै पहिलो हो । बन्जी गर्दा पानीको फोहोराको मजा लिन पाइने छ । एड्भेन्चर कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले हेम्जामा सञ्चालन गर्न लागेको बन्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी फरक स्वाद पस्किने योजना अनुसार सावर बन्जीको अवधारणा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले बताए ।

सावर बन्जीमा बन्जी गर्दा पानीको फोहोराले थप रोमाञ्चित बनाउनेछ । ८२ मिटर उचाइबाट हाम फालेको पर्यटकले पानीको फोहोरामा फरक अनुभव लिन पाउने हाइग्राउण्ड एडभेन्चर्स नेपालका सञ्चालक दिनेश महर्जनले बताए । उनका अनुसार झण्डै २० मिटर उचाइसम्म पानीकोे फोहोराको मजा लिने पाइनेछ । साहसिक पर्यटनको क्षेत्रमा नयाँ प्रडक्ट ल्याएकोे उनको भनाइ छ । एक दिनमा ६० जनासम्मले सवार बन्जीको अनुभव लिन सक्नेछन् । सावर बन्जीका लागि ६ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । पर्यटकले तिरेको शुल्कबाट फोटो भिडियो र टिसर्ट दिइनेछ । लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा पर्यटकले पाउनेछन् ।

हाइग्राउण्डले १२ वर्ष पहिले जीपलाइनमार्फत पोखरामा साहसीक पर्यटनको सुरुवात गरेको हो । पोखराको सराङकोट डाँडाबाट हेम्जाको फाँट पुग्ने गरेर सुरु भएको जीपलाइन विश्वकै भिरालो र छिटो सकिनेमध्यमा पर्छ । विश्वकै दोस्रो लामो जिपलाइनमा दुई वर्ष पहिले सुपरम्यान जिपलाइनसमेत सुरु भएको छ । बञ्जीसँगै जायन्ट स्वीङ र एटिभीको मज्जा पनि पर्यटकलाई दिइरहेको छ । साहसीक पर्यटनमा ५० करोड लगानी पुगेकोे हाइग्राउण्ड एडभेन्चर्सले जनाएको छ । सावर बञ्जीका लागि थप ५० लाख रुपैयाँ लगानी थपेको हो ।

बुधबार पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सावर बन्जीको उद्घाटन गरे । पर्यटनको राजधानी पोखरालाई नयाँ नयाँ पर्यटन पूर्वाधारको आवश्यक रहेको श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist