Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरामा बस दुर्घटना, नौ घाइते

पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको थियो । घाइतेमध्ये छ जना उपचारपछि घर फर्किइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ । सूईखेतमा बस बिहान पौने ३ बजेतिर अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घाइते सात वर्षीय बालक निश्चल फगामीको दाहिने हाँत भाच्चिएको छ । उनको गण्डकी मेडिकल कलेज९जिएमसी०मा उपचार भइरहेको छ ।

७२ वर्षीय घाइते नरबहादुर पुनको टाउकोमा गहिरो चोट लागेकाले जिएमसीको न्युरो बार्डमा उपचार भइरहेको छ । अर्का एक घाइतेको अवस्था सामान्य छ । घाइते हुनेमा बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीया रीता घर्ती, मालिका गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय भीमकुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् । तमानखोला वडा नम्बर ३ कै ६५ वर्षीया कृष्णकुमारी पुन पनि घाइते भएका छन् । वेनीमा उपचार, टेकबहादुर कार्की ६१ वर्ष बेनी ७, मंगलघाटका टेकबहादुर कार्की दुर्घटनामा घाइते भएपछि अर्को गाडीमा गएर बेनीमा उपचाररत रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

बस चालक म्याग्दीको बेनी नगरपालिका–६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सहचालक म्याग्दी बेनी नगरपालिका ४ तातोपानीका २५ वर्षीय बिनोद दर्जीले बस चलाएको भन्ने खुलेको कास्की प्रहरीले जनाएका छन् । सहचालक दर्जीलाई पश्चिम क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist