गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले एमालेनिकट खतिवडालाई नियुक्त गरी मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका छन् । चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार खतिवडा उपाध्यक्षमा नियुक्त भएका हुन् ।
सदस्यमा तनहुँका सुवास अधिकारी नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रको कोटामा उनी नियुक्त भएका हुन् । अधिकारीको यो चौंथो नियुक्त हो । यसअघि पटक पटक सरकार फेरबदल भइरहँदा उनी सदस्यमा दोहोरिएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुँदा आयोगको उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा बनेका थिए । सदस्यमा अधिकरीसँगै नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट अञ्चला चौधरी नियुक्त भएकी थिइन् ।