Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

गण्डकी प्रदेश सभाको बैठक आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते दिउँसो ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले प्रदेशसभामो नियमित अधिवेशन आह्वान गरिएको भएको बताए । सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्तावसमेत पेश गर्ने तयारी छ । मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा दायर भएको रिटको पूर्ण सुनुवाई वैशाख १० गते हुँदै छ । चैत २५ गते अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि २७ गते निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको दर्ताबाट रिट दर्ता भएको थियो ।

अधिकारी एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ९दीपक मनाङे० सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । गण्डकीमा सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् । विश्वासको मत लिन अधिवेशन आह्वान भए पनि राप्रपाले सरकारलाई समर्थन गर्ने÷नगर्ने निर्णय भइसकेको छैन । सभामुखले निर्णायक मतबाहेक मतदान गर्न नपाउने हुँदा सरकारलाई विश्वासको मत पाउने राप्रपाको समर्थन अनिवार्य छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशको दोस्रो कार्यकालमा अधिकारी दोस्रो पटक मुख्यमन्त्री हो । दलहरुबिच भागबन्डा मिलाउन सात मन्त्रालय फुटाएर नौ बनाइए पनि सरकार विस्तार हुन सकेको छैन । अहिले माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ९दीपक मनाङे०लाई गरी दुई विना विभागीय मन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist