स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

एमाले स्याङ्जा जिल्ला कमिटीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै गाउँपालिका अध्यक्ष र एमालेबाट राजीनामा दिने मानन्धरले बताए । उनले एमाले सचिव पद्मा अर्याल र नारायण मरासिनिले गोजीबाट नाम निकालेर ९ जिल्ला कमिटी पदाधिकारी बनाएको आरोप लगाएका छन् । उनी २०७९ को बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट हरिनास गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।