Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

बागलुङमा ३८ वनमा आगलागीः १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङमा फागुनयता मात्रै ३८ वटा वनमा आगलागी भएको छ । जसमध्ये १५ वनको अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ । बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका २ को सल्लेरी सामुदायिक वनमा भीषण आगलागी भएको थियो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ ।

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन तर, वन्यजन्तु भने तितरवितर बनेका छन् । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिइन् । अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको केसीले बताइन् । उनका अनुसार हालसम्म १ हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको छ ।

४ दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेंग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । लामो समय खडेरी भएका कारण वनजंगल सुख्खा बन्दा आगलागी नियन्त्रणमा ल्याउन नसकिएको उनको भनाइ छ ।

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो संख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीयको भनाइ छ । सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको स्थानीय बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist