Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले गरे अनुगमन

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले अनुगमन गरेका छन् । गएको कात्तिक दोस्रो सातादेखि संग्रहालयमा आउने पर्यटकको तथ्याङका राष्ट्रअनुसार राख्न थालिएको हो । सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयकी लेखापाल भावना शर्माले जानकारी दिइन् । शर्माका अनुसार चालु आर्थिक वर्षमा एक लाख ४५ हजार ३३४ जनाले संग्रहालयको अवलोकन गरेका छन् । गएको वर्ष एक लाख ९८ हजार ८२५ जनाले संग्रहालयको अवलोकन गरेको तथ्याङ्क छ ।

नेपाली पर्यटक, विद्यार्थी र भिआइपी गरेर एक लाख नौ हजार ९१५ जना संग्रहालय पुग्दा सार्क राष्ट्रका १६ हजार ३१० जना र विदेशी १९ हजार २८ जना आएकोे तथ्याङ्क छ । ८१ जनाले संग्रहालयमा फोटोसुटका लागि अनुमति लिएका छन् ।
विदेशीमा जापनबाट आउने पर्यटकको संख्या धेरै छ । एक हजार ७६४ जापनका पर्यटकले संग्रहालय भ्रमण गरेका हुन् । यस्तै, एक हजार ७६ फ्रान्सेली, ८१६ दक्षिण कोरियाली, ७९३ अमेरिकी, ५६५ बेलायती संग्रहालय पुगेका छन् ।

चालु वर्षको हालसम्म टिकट विक्रीबाट २ करोड १७ लाख २८ हजार १५५ रुपैयाँ संग्रहालयले आम्दानी गरेको लेखापाल शर्माले बताइन् । मासिक २५ लाख रुपैयाँसम्म सञ्चालनमा खर्च हुने गरेको छ । संग्रहालय अवलोकनमा आउने विदेशीसँग ५०० रुपैयाँ शुल्क लिइन्छ । सार्क राष्ट्रका नागरिकलाई २५० रुपैयाँ, नेपालीलाई १०० रुपैयाँ, नेपाली विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । आवासीय भिसा पाएका नागरिकले २५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist