नवलपुरको मध्यवर्ती वनमा गैँडा मृत फेला परेको छ । जिल्लाको कावावोती नगरपालिका वडा नम्बर १५ मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको मृत गैँडाको खाग र खुर सुरक्षित भएको जनाइएको छ । त्यसैगरि निकुञ्जको कोर क्षेत्र भिमपुरमा पाटे बाघ मृत फेला परेको तिवारीले जानकारी दिए । बाघ र गैँडा मृत फेला परे पछि निकुञ्जको चिकित्सक सहितको प्राविधिक टोलि घटनास्थल तर्फ जादै गरेको उनले बताए ।