Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

एसओएस गण्डकीमा विद्यार्थीको सम्मानसहित वार्षिक पुरस्कार वितरण

एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले ग्रहण गरेकी थिइन् ।एसओएसका संस्थापक हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरी प्रारम्भ गरिएको उक्त समारोहमा विद्यालयका सहप्राचार्य प्रभास पौडेलले सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त, उद्देश्य र गतिविधिमाथि प्रकाश पार्दै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई शब्दगुच्छाद्वारा स्वागत गरे ।

समारोहमा शैक्षिक सत्र–२०८० मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका जम्मा ८६ विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि सीता सुन्दास, एसओएस बालग्रामका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे । उक्त समारोहमा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा स्थापित ‘नगेन्द्रकुमारी–नारायण स्मृति पुरस्कार’ पनि प्रदान गरियो । एसओएसका कक्षा ३, ४ र ५ मा सर्वाेत्कृष्टता हासिल गर्ने एकजना विद्यार्थीलाई प्रदान गरिने पच्चीस हजार रकमराशिको उक्त पुरस्कारबाट शैक्षिक सत्र–२०८० मा कक्षा ५ का प्रज्ञान बराल पुरस्कृत भएका छन् । बालबालिकाहरूसँग तीन दशकसम्म सहकार्य गर्ने क्रममा प्राप्त भएको उत्प्रेरणाबाट अभिप्रेरित भएर आफूले स्वर्गीय मातापिताका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अक्षयकोषकी संस्थापक एवम् संरक्षक बरालले बताइन् । त्यस्तै कक्षा ८ को महानगरस्तरीय आधारभूत शिक्षा परीक्षामा विद्यालयका तर्फबाट गत शैक्षिक सत्रमा ४ जिपिए ल्याउने विद्यार्थीत्रय प्रज्ज्वल क्षेत्री, सुरभ तिवारी र स्मारिका न्यौपानेलाई जनही पाँच हजार नगद पुरस्कारसहित सम्मान गरियो । एसओएस बालग्राम गण्डकीकी पूर्वआमा शारदा पराजुलीद्वारा स्थापित अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै विद्यालयका पूर्वशिक्षक सुरेश बरालद्वारा स्थापित अक्षयकोषबाट कक्षा २ मा अध्ययनरत कृषिका विकलाई विशेष शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले एसओएस गण्डकीमा अध्ययनरत विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गर्दै आइरहेको सफलता आफैँमा गौरवपूर्ण विषय भएको बताइन् । ‘अभिभावकले घरमा प्रदान गर्ने वातावरण, विद्यार्थीको लगनशीलता र शिक्षकहरूमा भएको दक्षताका कारण शैक्षिक क्षेत्रमा एसओएस देशकै अग्रणी संस्थाका रूपमा स्थापित छ ।’ मन्त्री सुन्दासले भनिन्, ‘बालग्रामका अनाथ, असहाय तथा समुदायका लक्षित वर्गलाई निःशुल्क र अन्य विद्यार्थीबाट सामान्य शुल्क लिएर शिक्षा प्रदान गर्दै आइरहेको एसओएस स्कुललाई गण्डकी प्रदेश सरकारबाट विगतमा उपलब्ध गराइँदै आएको आर्थिक सहायतामा कमी हुन दिइने छैन ।’ एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले विभिन्न विषयमा पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीलाई पुरस्कार ग्रहण गर्न योग्य बनाउने सम्पूर्ण शिक्षकहरूलाई समेत धन्यवाद ज्ञापन गरे ।

सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले विषयगत उत्कृष्टता हासिल गर्ने सम्पूर्ण विद्यार्थीप्रति बधाई ज्ञापन गर्दै हरेक क्षेत्रमा उत्कृष्टताको परिचायक बन्दै आइरहेको एसओएस गण्डकीले आगामी दिनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि गर्दै लैजाने बताए । पुरस्कार वितरण समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोप्साङ ग्याल्ट्सेन, एसओएस नेपालका वित्तीय उपनिर्देशक विपिन हाडा, एसओएस नेपालका अनुगमन र मूल्याङ्कन शाखाका संयोजक योगेस्ट चौधरी, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, एसओएस नेपाल प्रकार्यात्मक सेवा प्रदायक शाखाका संयोजक रबिन भट्टराई, गण्डकी प्रदेश समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकी कर्मचारी प्रतिनिधि मञ्जु ढुङ्गाना, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, एसओएस बालग्रामकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बूढाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist