गण्डकी प्रदेशमा आर्थिक वर्ष सकिन ५० दिन बाकीँ रहदा अहिलेसम्म ३९ प्रतिशत बजेट खर्च भएको छ । त्यसमा पनि पुँजिगत बजेट खर्चको अवस्था झन कमजोर रहेको छ । गत आर्थिक वर्षमा जस्तै गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको दश महिनाको बजेट खर्च पनि निराशाजनक छ । गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म ३९ दशमलब ६३ प्रतिशत बजेट खर्च भएको छ । चालुगततर्फ ४२ दशमलव ८० प्रतिशत खर्च हुँदा पुँजीगततर्फ ३८ दशमलव ५८ प्रतिशत मात्र बजेट खर्चिएको छ । अघिल्ला वर्षमा जस्तै यसपालि पनि लक्ष्य नभेट्ने निश्चित छ ।
चालु आवको ५० दिन बाँकी रहँदा ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था छ । सरकारले पुँजीगततर्फ यस वर्ष १९ अर्ब ५१ करोड ६१ लाख विनियोजन गरेकोमा ७ अर्ब ५२ करोड ९८ लाख खर्च भएको छ । चालुगततर्फ विनियोजित १२ अर्ब ६९ करोड ११ लाख रुपैयाँमध्ये ५ अर्ब ४३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । हरेक आर्थिक वर्षमा बजेट खर्च लक्ष्यअनुरुप हुन सकिरहेको छैन । एउटा सरकारले ल्याएको बजेट अर्को सरकारले कार्यान्वयन गर्नुभन्दा पनि बजेटमा राजनीति छिर्दा बजेट कार्यान्यन जटिल बन्ने गरेको छ । सरकार परिवर्तन पिच्छे नै बहुमवर्षीय योजना थपिदा सरकार बहुवर्षीय योजनाको दवावमा छ । तर, छिनछिनमा परिवर्तन भइरहने सरकारका कारण बजेट सिस्टममा बस्न सकेको छैन ।