लान्द्रुकको मोदीखोला भीरबाट १३० लिटर भीर मौरीको मह सिकार भएकोे छ । जेठ ८ देखि १० गतेसम्म लान्द्रुकमा हनि हन्टिङ महोत्सवको आयोजना गरेर मह सिकार गरिएको हो । छंगाछुर भीरमा रहेका १७ मौरीका गोलबाट मह निकालिएको थियो । कास्कीकोे अन्नपूर्ण गाउँपालिका–३ लान्द्रुकमा तीन वर्षदेखि भीरमौरीको मह सिकारलाई उत्सवको रुपमा मनाउन थालिएको छ । परम्परागत पेशालाई पर्यटक तान्ने उपायका रुपमा अपनाइएको महोत्सव संयोजक विष्णुप्रसादद चपाईंले जानकारी दिए । पहिले मर्दी ट्रेक र एबिसी ट्रेकमा जाने पर्यटकको मिड पोइन्टमा रुपमा लान्द्रुक प्रसिद्ध थियो । अहिले सडकको पहुँचले गाउँ सुनसान रहेको छ । पर्यटनसँग जोड्न भीरमौरीको सिकारलाई महोत्सवको रुपमा मनाउन थालेको चपाईंले बताए । भीरमौरीको मह प्रतिलिटर ३ हजार रुपैयाँ बिक्री हुने उनले जानकारी दिए ।
मोदीखोलासँगै जोडिएको कोटेसाङसमेत भनेर चिनिने छंगाछुर भिरमा चोया बाँटेर बनाइएकोे भ¥याङ ९पराङ० मा झुन्डिएर मह सिकार गरिन्छ । डोरीमा झुन्डिएर गरिने मह सिकार निकै साहसिक देखिन्छ । हनि हन्टिङ महोत्सव गर्न लान्द्रुवासीलाई अन्नपूर्ण गाउँपालिकाले सघाएको हो । वर्षमा तीन पटकसम्म भीरमौरीको मह निकाल्ने गरिएको छ । कात्तिक, फागुन र जेठमा मह काढिने स्थानीयले बताएका छन् ।