पोखराका ७ सहकारी बचतकर्ताले प्रदर्शन गरेका छन् । बचत रकम हिनामिना भएको भन्दै पोखराका प्राइम, सूर्यदर्शन, मित्रमिलन, विन्ध्यवासिनी, इमेज, बलिदानी र शिवशिखर सहकारीविरुद्ध वचतकर्ताले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बचतकर्ताको रकम अपचलनमाथि छानविनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । उनीहरुले ‘हाम्रो समस्या समाधान गर्न आउ जिवी, जिवी नआए सबैकुराको जिम्मा लिउ रबी’, सहकारी ऋण लिएर तिर्न आनाकानी गर्नहरुलाई तुरुन्तै कारवाही गर’, ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ जस्ता प्ले कार्डसहित प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नेपाल कम्युनिष्ट पार्टी, कास्कीसहित ६ दलले एक्यवद्धता जनाएका छन् ।