अन्नपूर्ण संरक्षण क्षेत्र९एक्याप०बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी गर्ने क्रम बढेको छ । सोमबार कास्की प्रहरीले नदीजन्य पदार्थ अवैध रुपमा चोरी निकासी गर्ने तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।कास्कीको माछापुच्छ्रे गाँउपालिकाको एक्याप क्षेत्रबाट नदीजन्य पदार्थ लिएर पोखरा महानगरतर्फ आउँदै गरेका तीन टिप्परलाई प्रहरी चौकी सार्दीखोलाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । सोमबार बिहान साढे ८ बजेतिर पोखरा–१९ तितेपानीबाट ग १क ५०४०, ग१क ५५१२ र ग१क ५५९८ नम्बरका टिप्पर नियन्त्रणमा लिएको हो ।

टोलीले चेकजाँच गर्ने क्रममा टिप्परमा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा लोड गरेको ल्याइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्की प्रहरीले जनाएको छ ।