बिहीबार साँझ आएको हावाहुरीले कास्कीका विभिन्न स्थानहरुमा क्षेती पु¥याएको छ । हावाहुरीका कारण कास्कीको रुपा गाउँपालिकामा १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन । रुपा गाउँपालिका वडा नम्बर १ च्यार्पे बस्ने नरमाया गुरुङ, रुपा गा।पा। वडा नं। २ छापडाँडा बस्ने सोम बहादुर खड्का, माझकोट बस्ने हर्क बहादुर गुरुङ, रुपा गाउँपालिका ६ जामुने बस्ने चिजामाया गुरुङ, कसिला गुरुङ, प्रतिक अधिकारी, गंगा गुरुङ, राज कुमार तामाङ लगायतको घरमा हावाहुरीले क्षति पु¥याएको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै रुपा गाउँपालिका ६ मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मिया र भिरचोक बस्ने जानकी गुरुङको घरमा पनि हावाहुरीले क्षति पु¥याएको छ । हुरीले चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरका छाना पनि उडाएको प्रहरीले जनाएको छ ।