पोखरा महानगरपालिका–३३ मा सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोमा एक बालकको शव फेला परेको छ । बरपौवा नजिकको सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोबाट आइतबार बिहान साढे ८ बजे ९ वर्षीय गणेश विकको शव निकालिएको हो । सशस्त्र प्रहरी बल कालिका गण कास्कीबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले खाल्डोका करिब २० फिट गहिराइबाट शव निकालेको हो ।

पुलनजिकै चप्पल तैरिएको सूचना आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोस्टपार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।