राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमध्य १८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएका विद्यार्थीमध्य २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएका छन । परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
(एसईई) को नतिजा बिभिन्न नम्बरमा एसएमएस गरेर तथा वेबसाईटबाट पनि हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

दुइवटा विषयसम्म नन ग्रेड (एनजी) आएका परीक्षार्थीहरूले साउन १८ र १९ पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। त्यसको नतिजा पनि एक महिनामै सार्वजनिक गरिनेछ। दुई वा त्योभन्दा बढी विषयमा एनजी आएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्रै ग्रेडवृद्धीका लागि परीक्षा दिन पाउनेछन्।
यस बर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीहरु रीक्षामा सहभागी भएका थिए ।