Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

प्रधानमन्त्री दाहालले राजीनामा नदिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए । उक्त बैठकले संसद् फेस गरेर विश्वासको मत लिने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पार्टीको तर्फबाट पनि सबै नेताहरुले एकमतले विश्वासको मतको सामना गर्न र त्यसका लागि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, काँग्रेस र एमालेसँग पनि अहिले सहमती भएपनि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने निर्णय भएको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

माओवादी केन्द्रका नेताहरुले दुई दलबीच सरकार बनाउने सहमती गर्ने र त्यसपछि राष्ट्रिय सहमतीको सरकार बनाउने भन्नेकुरा राजनीतिक रुपले गलत भएकाले त्यसको प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । त्यसैले गरी बैठकले काँग्रेस–एमाले सत्ता समिकरणले संविधान संशोधन गर्ने सहमती गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ । बैठकमा नेताहरुले काँग्रेस, एमालेका केही नेताहरुसँग छलफल गरेर विश्वासको मत लिन सम्पूर्ण शक्ति परिचालन गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।

प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै तत्काललाई नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको छ । संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist