पोखरामा एटीएमको मेसिन फोड्ने एक जना पक्राउ परेका छन् । एटीएम फोडेको आरोेपमा वडा प्रहरी कार्यालय बैदामले धादिङको सिद्धलेक गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने रुपेश नेपालीलाई पक्राउ गरेको हो ।
मंगलबार विहान साढे २ बजे जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी रकम चोरी गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर चोरी उद्योग मुद्वामा अनुसन्धान पक्रिया अगाडि बढाइएको छ ।