‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वार्षिक पात्रो अनुसार शुक्रबारीय कार्यक्रम अन्तर्गत एकल गीत प्रतियोगिता सम्पन्न गरियो ।यस एकल गीत प्रतियोगितालाई दुई तहमा सञ्चालन गरिएको थियो । करिब ४० जना विद्यार्थीले भाग लिएको उक्त कार्यक्रममा आधारभूत जुनियर तर्फबाट अनुस्का अधिकारी प्रथम, निश्चल जि.सी. द्वितीय, क्रिस्टन जोशी तृतीय र सौगात हमालले सान्त्वना स्थान प्राप्त गरेका छन् । यसैगरी आधारभूत सिनियर तथा मा.वि. तहमा सौरभमान शाक्य प्रथम, अंकित गुरुङ द्वितीय, सुनिशा श्रीपाल तृतीय र अस्दीप बर्देवाले सान्त्वना स्थान ओगटेका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्कुलका म्युजिक शिक्षक दूतप्रसाद थापामगर र सोनु जोजिजूले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त कार्यक्रमका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पुरस्कृत भएका विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरले एक महिनाको लागि निःशुल्क तालिम प्रदान गर्ने कुरा पनि जानकारी गराउनुभयो । यस कार्यक्रमको सञ्चालन कक्षा ८ की छात्रा मञ्जिसा भुजेलले गरेकी थिइन् ।