Saturday, September 21, 2024

आजको मिति: २०८१ आश्विन ५ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
एसओएस गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस
विन्ध्येश्वरीमा एकल गीत प्रतियोगिता सम्पन्न
Next
Prev

इन्जिनियरिङ्ग र चिकित्सामा एसओएस गण्डकी दुई विद्यार्थी नेपाल टप

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका दुई विद्यार्थीले इन्जिनियरिङ र दन्त चिकित्सातर्फका प्रवेश परीक्षामा नेपाल टप गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा लिइएको प्रवेश परीक्षामा सहभागी २२ हजारभन्दा बढी विद्यार्थीहरूलाई पछि पार्दै कीर्तन लामिछानेले नेपाल टप गरेको एसओएस गण्डकीका प्राचार्य चूडामणि सुवेदीले जानकारी दिए ।
त्यस्तै नेपाल सरकार चिकित्सा शिक्षा आयोगद्वारा लिइएको दन्त चिकित्साशास्त्रतर्फको प्रवेश परीक्षामा ४ हजारभन्दा बढी विद्यार्थीहरूलाई पछि पार्दै एसओएस गण्डकीकै अर्का छात्र सुयोग कोइरालाले पनि नेपाल टप गरेका प्राचार्य सुवेदीले बताए । दुवै विद्यार्थीले पूर्ण सरकारी छात्रवृत्तिमा स्नातक अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । यीबाहेक एसओएस गण्डकीबाटै सुदर्शन श्रेष्ठ (२८९), शिव हमाल (३०३), आयुष्मा भट्टराई (३४७), स्वीकृति अधिकारी (४९०) ले इन्जिनियरिङतर्फ नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।
कक्षा ११ र १२ मा अध्ययन गर्दा विभिन्न विषयसम्बद्ध आधारभूत धारणामा प्रस्ट हुँदै ती विषयमा छिटो र गहिरो तरिकाले सोच्ने बानीको विकास गरेमा सफलता हासिल गर्न सहज हुने छात्र कीर्तन लामिछानेले बताए । ‘कस्ता प्रकृतिका प्रश्नहरू कुन ढाँचामा कसरी सोधिन्छ भन्ने बारेमा पहिल्यै स्पष्ट भएर अहोरात्र तयारीमा लागेकै कारण मैले यो सफलता हासिल गरेको हुँ ।’ इन्जिनियरिङ क्षेत्रमै आफ्नो भविष्यको सुन्दर रेखाचित्र कोर्ने सपना देखेका यी मेधावी छात्रले भने, ‘मलाई प्राप्त यो सफलताको प्रमुख श्रेय म कक्षा ११ र १२ मा अध्यापन गराउने मेरा गुरु र साथीहरूलाई दिन चाहन्छु ।’
त्यस्तै चिकित्सा शिक्षा आयोगले लिएको स्नातक नर्सिङको प्रवेश परीक्षामा एसओएस गण्डकीका ८ जना विद्यार्थीहरू उत्कृष्ट अङ्कसहित नाम निकाल्न सफल भएका छन् । स्नातक नर्सिङतर्फ रिश्मा पाण्डे (४५), आयुष्ठा मरासिनी (१३८), ग्रेसी ढुङ्गाना (२५३), आयुष्मा भट्टराई (२७२), दीपिशा श्रेष्ठ (३१२), स्वीकृति अधिकारी (३९९), अंशु गौतम (६३३) र तिर्सना थापा (७२९) ले उत्कृष्ट अङ्कसहित नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।
कीर्तन लामिछानेका अतिरिक्त इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा देशभरिबाट नाम निकाल्ने उत्कृष्ट दुई हजार परीक्षार्थीभित्र एसओएस गण्डकीबाट मात्रै ३२ जना विद्यार्थीहरू परेका विद्यालयका सहप्राचार्य प्रभास पौडेलले जानकारी दिए । सहप्राचार्य पौडेलका आनुसार एसओएस गण्डकीबाट पवन अधिकारी (९८), राहुल भण्डारी (१७९), सौगात भट्टराई (२०७), सञ्चित बराल (२७६), रोहन सुवेदी (२७९), विक्रम शर्मा (२८४), प्रशान्त रेग्मी (३४१), सुमिरन सुवेदी (३५६), प्रसिद्ध अधिकारी (३५८), प्रभात ढकाल (४३६), सरुन विश्वकर्मा (४५२), विश्वास थापा (४५८), सहारा गुरुङ (५५८), किस्मत अर्याल (५७२), आयुष्मान् बाँस्तोला (६४४), सम्पदा बराल (७५६), सञ्जय अधिकारी (७६६) ले नाम निकाल्न सफल भएका छन् ।
त्यस्तै सुशान्त शर्मा तिमिल्सिना (९०२), सुन्दर कार्की (९११), सदीक्षा रेग्मी (९४१), अनुरोध थापा (९९१) आयुष्ठा मरासिनी (१०३६), सुशान्त गुरुङ (११५८), दीक्षित रेग्मी (११७७), समीप रेग्मी (१२२५), आदित्य अर्याल (१२९८), स्वस्तिका आत्रेय (१३७३), सुसन पुन (१४०४), प्रशंसा थपलिया (१४१५), अभिषेक भण्डारी (१७४२), नितिशा बस्ताकोटी (१९३०) र साजन पौडेल (१९४४) पनि प्रवेश परीक्षामा नाम निकाल्न सफल भएको र चिकित्साशास्त्र तथा इन्जिनियरिङ तर्फका प्रवेश परीक्षामा पोखरामा मात्रै नभएर एसओएस गण्डकीले देशभरिमै सर्वाेत्कृष्टता हासिल गरेको सहप्राचार्य पौडेलले दाबी गरे ।
चिकित्सा शास्त्रतर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा यस वर्ष एसओएस गण्डकीबाट १३ जना विद्यार्थीले नाम निकालेर अर्काे नयाँ इतिहास रच्न सफल भएको विद्यालयका १०+२ संयोजक खगेन्द्रराज बरालले जानकारी दिए ।
एसओएस गण्डकीबाट यस वर्षको एसइई परीक्षामा सचेत सुवेदीले ४ जिपिए प्राप्त गरेका थिए । त्यस्तै कक्षा १२ को बोर्ड परीक्षामा यसै वर्ष कुशल तिवारीले ३.९६ जिपिएसहित नेपाल टप गरे । पोखराका विभिन्न विद्यालयबाट एसइईमा ४ जिपिए प्राप्त गर्ने सर्वाेत्कृष्ट विद्यार्थीहरू पनि हाल एसओएस गण्डकीमै अध्ययनरत रहेको र कक्षा ११ को प्रवेश परीक्षामा पोखराका ३ ओटा सर्वाेत्कृष्ट विद्यालय टप गरेका एरिज पोखरेलले पनि यही विद्यालय छनोट गरेका विद्यालयका सहप्राचार्य वीरसिंह बूढाले जानकारी दिए ।
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकी अनाथ, असहाय र परित्यक्त बालबालिकाका अतिरिक्त समुदायका अन्य बालबालिकाहरूलाई समेत शैक्षिक सेवा प्रदान गर्दै आइरहेको उत्कृष्ट शैक्षिक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist