मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई घरबाट पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए । उनीबिरुद्ध परेकाे उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।