Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
कुमुदिनीमा होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न
Next
Prev

एसओएस गण्डकीमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त कार्यक्रम आयोजना गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले गरेका थिए ।
नेपालीहरूका महान् पर्व बडादसैँ र दीपावलीको पूर्वसन्ध्यामा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले माध्यमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।


समारोहमा विद्यार्थीहरूले प्रतियोगितात्मक र अप्रतियोगितात्मक दुवै कलाप्रस्तुतिहरू प्रदर्शन गरेका थिए । आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजित उक्त प्रतिभा प्रस्फुटन कार्यक्रममा विद्यार्थीहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे । राष्ट्रिय गानसँगै प्रारम्भ भएको उक्त समारोहमा विद्यार्थीहरूको वाद्यवादन मण्डलीले साहित्यकार कमल कोइरालाको रचना र वरिष्ठ गायक रामभक्त जोजिजूको सङ्गीतमा सजिएको ‘एसओएस शुभारम्भ गान’ पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूको एउटा समूहले स्वस्तिवाचन पनि गरेको थियो । कार्यक्रममा कक्षा १२ की छात्रा दीपेङ्का बिजुच्छेले नेवारी संस्कृतिमा प्रचलित शास्त्रीय शैलीको कुमारी नृत्य प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध तुल्याइदिइन् भने कक्षा ११ का विद्यार्थीहरूले वाल्मीकीय रामायणमा आधारित परम्परागत भजन प्रस्तुत गरी दर्शकको मन खिचे ।


विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतियोगितात्मक साङ्गीतिक प्रस्तुतिको मूल्याङ्कन नृत्य तथा गायन प्रशिक्षकत्रय सङ्गीता आले, सुजन थापामगर र मोहन तामाङले गरेका थिए । प्रतियोगितात्मक कार्यक्रममा आधारभूत तहतर्फ स्नेहा गुरुङले प्रथम, जेनिया गुरुङले द्वितीय, रोजमेरी खड्कीले तृतीय तथा आयुषा सुवेदीले सान्त्वना स्थना हासिल गरेका थिए । त्यस्तै माध्यमिक तह (कक्षा ९ र १०) तर्फ सुप्रभा भुसालले प्रथम, आसिका बरालले द्वितीय, स्मृति ढकालले तृतीय र अनुपमा अधिकारीले सान्त्वना स्थान हासिल गरे । त्यस्तै माध्यमिक तह (कक्षा ११ र १२) तर्फ दीपेङ्का बिजुच्छे, रीतिका थापा र सुक्रिया गुरुङले प्रथम, प्रसन्न सुवेदीले द्वितीय, सन्दीप शर्माले तृतीय तथा अनन्त आचार्यको भजन समूहले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि विन्दुकुमार थापा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।


प्रमुख अतिथिको आसनबाट बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले साक्षरतामा मुलुकमै उत्कृष्ट मानिने प्रदेशको एउटा उत्कृष्ट विद्यालयमा उपस्थित भई विद्यार्थीहरुलाई सम्बोधन गर्ने अवसर पाएकामा प्रसन्नता व्यक्त गरे । गण्डकी प्रदेशले विद्यालयहरूमा ‘फ्राइडे फर फ्युचर’ भन्ने नवीन अवधारणा ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री थापाले शिक्षा क्षेत्रमा नयाँ सोच र मान्यताका साथ काम गर्ने अभियानमा प्रदेश मन्त्रालय रहेको पनि जानकारी गराए ।
‘कक्षा १२ सक्नासाथ विदेश जान हतारिने युवा विद्यार्थीहरूको समूहलाई देशमै रहने वातावरणको सिर्जना गर्न देशको शिक्षानीति नै परिवर्तन गर्नुपर्ने देखिन्छ ।’ मन्त्री थापाले भने, ‘त्यसका लागि अब शिक्षण पद्धतिमै परिवर्तन ल्याउने विषयमा सबैले सोच्नु आवश्यक छ ।’ समारोहमा अनाथ, असहायदेखि समाजका अन्य बालबालिकाहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको एसओएस गण्डकीलाई आगामी दिनमा प्रदेश सरकारले उपलब्ध गराउँदै आइरहेको आर्थिक सहयोगमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि मन्त्री थापाले व्यक्त गरे ।

समारोहमा यस वर्षको एसइई परीक्षामा एसओएस गण्डकीबाट ४ जिपिए प्राप्त गर्न सफल सचेत सुवेदी तथा कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जिपिए प्राप्त गरी नेपाल टप गर्न सफल कुशल तिवारीलाई २० हजार नगद पुरस्कारसहित ‘एसओएस रत्न’ द्वारा सम्मानित गरियो । त्यस्तै कार्यक्रममा यस वर्ष इन्जिनियरिङ, चिकित्साशास्त्र र नर्सिङतर्फको स्नातक तहको प्रवेश परीक्षामा देशमै उत्कृष्टता हासिल गर्ने एसओएस गण्डकीका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।


प्रतिभा प्रस्फुटन समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य, डा. यमनाथ तिम्सिना, पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, महानगरकी कार्यपालिका सदस्य मन्दिरा परियार, सामाजिक विकास मन्त्रीका स्वकीय सचिव सूर्य पौडेल, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष मिलन खत्री, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


कक्षा ९ मा अध्ययनरत छात्रा आज्ञा शर्मा र सहारा सुवेदीले आधारभूत तथा स्मारिका न्यौपाने र नेरिन बरालले माध्यमिक तहको कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयमा रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूले उक्त कार्यक्रमको सहजीकरणमा सहयोग पु¥याएका थिए । बालदिवसका उपलक्ष्यमा यसपूर्व गत भाद्र २९ गते विद्यालयले प्राथमिक तहका विद्यार्थीहरूका बीचमा पनि छुट्टै प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist