Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

हरिहरगुफा भलाममा बालाचतुर्दशी मेला हुने

  हरिहर गुफा सन्यास आश्रम पोखरा २० भलाममा यही मंसिर १५ गतटे शनिवार बृहत बालाचतुर्दशी (सद्विज छर्ने) मेला हुने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि मेला गरिने भएको हो । आश्रममा यस वर्ष पनि पोखरा लगायत तनहुँ, पर्वत, बागलुङ, काठमाण्डौ, चितवन लगायतका ठाउँबाट भक्तजनहरुको भिड रहने सन्यास आश्रमले जनाएको छ ।

  ऐतिहासक तपोभुमी प्रसिद्ध धार्मिक पर्यटकीय एवम् पवित्र तीर्थस्थल श्री हरिहर गुफा सन्यास आश्रममा यही मंसिर १५ गते सत्विजारोपण कार्यक्रम भव्यरुपमा सम्पन्न गराउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

  मंसिर १५ गते हुने सद्विजारोपण कार्यक्रमको दिन सार्वजनिक यातायात समेत संचालन हुनेछन् । बस संचालन हुने स्थान रानीपौवा–नारायणस्थानपुल छेउहुँदै फुलबारी ११, केआइसिंह पुल हुँदै मातृशीशु अस्पताल बाटुलेचौरबाट सार्वजनिक यातायातले भक्तजनहरुलाई सेवा दिने आश्रमले जनाएको छ ।

  हरिहर गुफा सन्यास आश्रम पोखरा २० भलाम जाऔं सद्विज छरेर पितृ उद्दार गरौं भन्ने मुल नारालाई सार्थक तुल्याउँदै १५ गते हुने वालाचतुर्दशी मेला भव्यरुपमा विभिन्न कार्यक्रमका साथ हुन गइरहेकोले सम्पूर्ण भक्तजन महानुभावहरुलाई सन्यास आश्रम भलामले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist