विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१ मा मुख, गिँजा तथा दन्त परीक्षण एवम् दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मको सम्पूर्ण विद्यार्थी तथा शिक्षक कर्मचारीको दन्त परीक्षण गर्नुका साथै दन्त शिक्षा कार्यक्रम प्रदान गरिएको थियो ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रम सहयोग गर्ने पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रा.लि., न्यूरोड, पोखराका दन्त चिकित्सकहरुलाई हार्दिक धन्यवाद एवम् मायाको चिनो प्रदान गरी आगामी दिनमा समेत यस्ता स्वास्थ्यमूलक कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।