Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

शिक्षक महासङ्घ कास्की घोषणा अवैधानिक : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन

जुना थापा
११ पौष, पोखरा

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले शिक्षक महासङ्घ कास्की गठन र पदस्थापन अवैधानिक भएको बताएको छ । ‘देशकै सबैभन्दा ठूलो सङ्गठन तथा हालको शिक्षक महासंघको नेतृत्व गर्ने मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र यसको नेतृत्वलाई समेत खबरै नगरी तथाकथित लुकिछिपी गरिएको भनिएको कास्की जिल्लाको शिक्षक महासङ्घ घोषणालाई पूर्णत: अवैधानिक तथा अवाञ्छित क्रियाकलापको रुपमा सङ्गठनले लिएको छ ।’ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका कार्यवाहक अध्यक्ष प्रदिप न्यौपाने र सचिव दामोदर तिमिल्सिनाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार भएको यो महासङ्घ गठन कार्य शिक्षक एकताको शक्ति कमजोर गर्न खोज्नु,पेसागत आन्दोलनलाई निस्तेज पार्न खोज्नु, शिक्षक शिक्षकबिच टुट, फुट र गुटमा विभाजन गरि डिभाइड एण्ड रुल प्रवृत्तिको सुरुवात गर्नु, शिक्षकका मुद्दालाई ओझेलमा पार्नु र सीमित पदलोलुप व्यक्तिहरुको स्वार्थ सिद्ध गर्ने असफल खेलको रुपमा शिक्षक सङ्गठनले लिएको हुनाले यस्तो खेलमा नलाग्न सम्बन्धित सबैमा सङ्गठनले अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथै शिक्षक महासङ्घ सम्बन्धि विवादका विषयमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका महासचिव हंशबहादुर शाहीको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन भई केन्द्रीय तहमा पटक पटक छलफल भइरहेको परिवेशमा यस्ता गतिविधिले वार्ता, संवादको ढोका बन्द हुने खतरा बढेको भन्दै महासंघीय भावनाको प्रतिकूल हुने गतिविधिमा संलग्न नहुन सम्पूर्ण पेसागत घटक सङ्घ सङ्गठनहरुलाई नेपाल राष्ट्रिय संगठन कास्कीले अपिल गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आफ्नो सङ्सगठन सदस्यतालाई नजरअन्दाज गरी शिक्षक आन्दोलन कमजोर बनाउने खेलमा लाग्ने प्रवृत्तिहरुको सशक्त प्रतिवाद गर्न कास्की तथा अन्तर्गतका सबै पालिका समितिहरु पूर्ण रुपमा तयार र सक्षम रहेको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist