निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की को १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ को मार्च पासमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, पोखरा १, मोहरीयाटोल विजेता भएको छ । दोस्रो तथा तेस्रोमा क्रमश मेरिगोल्ड र ढुङ्गे साँगु विद्यालय भएका छन् भने सान्त्वनामा हार्भड, सोसिल पब्लिक, फिस्टेल र विभुती शिक्षा सदन विद्यालय भएका छन् ।

पोखरा रंगशालामा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन गर्दै मार्च पास प्रदर्शन गर्ने विद्यार्थीहरुको सलामी ग्रहण पनि गरेका थिए । कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको बताउँदै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाई समेत आत्मसात गराउनु पर्ने कुरामा मन्त्री चौधरीले जोड् दिए ।
१८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा प्याब्सन कास्कीका ९९ विद्यालय मध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ ।