‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस.अभिभावकीय तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लावण्य इन्टरनेसनल काठमाडौँका म्यानेजिङ डिरेक्टर श्री मनोज पण्डित र अतिथिमा गण्डकी प्रदेशका बजार व्यवस्थापक प्रमुख श्री हरि खनाल रहनुभएको थियो । विद्यालय प्रशासन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट नै नानीबाबुलाई संस्कारयुक्त असल बनाउन सहयोग पुग्ने कुरा राख्नुभयो । साथै लावण्य र सि.पि.एस.को बारेमा पनि प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए । विद्यालयकी सि.पि.एस. प्रमुख रोजिना लगुनले शिक्षक तथा अभिभावक बिचमा सहजीकरण गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।