Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कालिका मा.वि. रामबजारमा अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न

पोखरा
पोखरा १०, रामबजारमा रहेको कालिका माध्यमिक विद्यालयमा विभिन्न अन्तरसदनात्मक प्रतियोगिताहरू सम्पन्न भएका छन्। विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किकता, स्मरणशक्ति र अभिव्यक्ति कौशलता अभिवृद्धिका लागि विभिन्न प्रतियोगिताहरूको आयोजना गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक कुशल लामिछानेले बताए। कक्षा नर्सरी देखि कक्षा तीन सम्म स्मरणशक्ति प्रतियोगिता, कक्षा चार र पाँचका विचमा गणित हाजिरीजवाफ प्रतियोगिता र कक्षा छ देखि कक्षा नौ तर्फ वक्तृत्वकला प्रतियोगिता गरिएको गरिएको थियो।

स्मरणशक्ति प्रतियोगिता विद्यार्थीहरूको स्मरणशक्ति परीक्षण गर्न दुई समूहमा प्रतियोगिता आयोजना गरिएको थियो। पहिलो समुह तर्फ कक्षा नर्सरी तथा कक्षा के।जी।लाई समावेश गरिएको थियो। उक्त समुह तर्फ अनिशा कोहाटाने प्रथम बन्न सफल भईन भने अनिशा पुन, प्रनिशे नेपाली र अनार सुनारले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए। त्यसैगरी दोस्रो समुह तर्फ कक्षा एक देखि कक्षा तीनलाई समावेश गरिएको थियो। उक्त्त समुह तर्फ अभिषेक के।सी। प्रथम वन्न सफल भए भने सुनीला परियारले द्वितीय स्थान, शुशान्त पाण्डे र वर्षा थापाले तृतीय स्थान तथा रविना मगर र लक्ष्मी बडुवालले सान्त्वना स्थान प्राप्त गर्न सफल भए।

गणित हाजिरीजवाफ प्रतियोगितामा ग्रीन हाउसबाट प्रतियोगीहरु मोहमद आसिफ अन्सारी, दृष्टि पौडेल, उम कूल्सुङ, र मनोज सुनुवारले प्रथम स्थान हासिल गर्न सफल भए। त्यस्तै प्रतियोगितामा दोस्रो स्थान पहेँलो हाउसका देवीसा सुवेदी, निशुमा बिके, शिवम जयसवाल, र मन्दिप परियारले प्राप्त गरे भने नीलो हाउसका देबिशा खण्डोलुक मगर, आरोही परियार, दर्शन चौधरी, र आहिर बारामले तृतिय स्थान प्राप्त गर्न सफल भए।

वक्तृत्वकला प्रतियोगितामा कक्षा नौमा अध्ययनरत रातो हाउसका आयुस खनालले प्रथम स्थान हासिल गरे। कक्षा आठका मनोज जाग्री (हरियो हाउस) र लक्ष्मण बहादुर कुँवरले (पहेलो हाउस) क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे भने कक्षा नौकि लक्ष्मिकुमारी बरहीले (पहेलो हाउस) सान्त्वना पुरस्कार प्राप्त गरिन। कक्षा छ देखि नौ सम्म अध्ययनरत बिद्यार्थीका विचमा सञ्चालित प्रतियोगिताको शिर्षक पठन संस्कृतिमा पुस्तकालयको महत्च भन्ने रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर बहादुर कार्की तथा प्रधानाध्यापक श्रीराम आचार्यको विशेष उपस्थिती रहेको थियो। कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रधानाध्यापक तथा अतिरिक्त क्रियाकलाप प्रमुख कुशल लामिछानेले गरेका थिए भने सभाध्यक्षता विद्यालयकी छात्रा आकृती भण्डारीले गरेकी थिइन्।

वक्तृत्वकला प्रतियोगिताको निर्णायकहरूमा शिक्षकहरु रामप्रसाद गौतम, भवानीशंकर सुवेदी, र शिवजी तिवारी रहेका थिए। शिक्षक विजय सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै गणित हाजिरीजवाफ प्रतियोगिताको क्विज मास्टरको भुमिका प्रा. वि. ईन्चार्ज लेकमाया पुन तथा शिक्षक रानु थापाले निर्वाह गरेका थिए। कार्यक्रमका संयोजक कुशल लामिछानेले आगामी दिनमा विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको नेतृत्व क्षमता र सिर्जनात्मकताको विकासमा योगदान पुर्‍याउदै जाने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist