फूलबारी मन्टेसरी कटेज प्रि. तथा आधारभूत बिद्यालयले आफ्नो स्थापनाकालको २५ बर्षमा पाइला टेकेकोमा रजत जयन्तीको उपलक्ष्यमा प्रभातफेरी र यस बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरु र पूर्व शिक्षक कर्मचारीहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रभातफेरी कार्यक्रम पन्चेबाजा र ब्यानर सहित बिद्यालय परिसर नदीपुरबाट शुरु भइ पालिखेचोक, महेन्द्रपुलचोक, चिप्लेढुङगा, बिपिचोक, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार, पुनः महेन्द्रपुलचोक, पालिखेचोक हुँदै बिद्यालय परिसरमा आएर टुङ्गिएको थियो । यसमा एलकेजी देखि कक्षा तिन सम्मका बालबालिकाहरु लगायत प्रिन्सिपल, निर्देशक, शिक्षक कर्मचारीहरुको सहभागिता थियो । हरेकले २५ बर्षे रजत जयन्ती लोगो अङ्कित झण्डा र नेपालको राष्ट्रिय झण्डा लिएका थिए । प्रभातफेरी सुरक्षित र सहजरुपले सम्पन्न होस भनि नदीपुर प्रहरी बिट लगायत ट्राफिक प्रहरीहरुले सहयोग गरेका थिए ।

सोहिदिन अपरान्ह ३ बजे पश्चात पूर्व बिद्यार्थी र पूर्व शिक्षक कर्मचारीहरुको पुनर्मिलन कार्यक्रम बिद्यालय हाता भित्र शुरु भएको थियो । कार्यक्रममा सहभागी सबैलाई स्कुलका प्रिन्सिपल अरुना शेरचन र निर्देशक ई. जीवन कुमार शेरचनले स्वागत गरेका थिए । सहभागीमाझ मनोरन्जनात्मक खेल खेलाउनुका साथै शिक्षिका र बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । पूर्व बिद्यार्थी ऋषिकेश शेरचनको नेतृत्वमा फूलबारी मन्टेसरी कटेज (FMC) अलमुनाइ टोली गठन गरिएको थियो जसमा Operation & Management मा पूर्व बिद्यार्थीहरु शौभाग्य श्रेष्ठ, अभिप्सा बुद्धाचार्य, चिरायु शेरचन र Creative Affairs मा सृष्टिका उदास र आभान श्रेष्ठ चयन गरिएको थियो । अन्तमा उपस्थित सबै पूर्व बिद्यार्थीहरु र पूर्व शिक्षक कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम सन्चालन शिक्षिका सुनिता बास्तोलाले गरेकी थिइन् ।