Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कोन सहकारीको २६ औं वार्षिक साधारण सभा नवौं अधिवेशन सम्पन्न अध्यक्षमा माधव सिग्देल

पोखरा, २७ पौष ।

पोखरा १३ मा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् , उपाध्यक्षमा शान्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सहकारीको सचिवमा सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्षमा जय प्रसाद सापकोटा र सहसचिवमा केदार राज सिग्देल चयन भएका छन् । सभाबाट सदस्यमा क्रमशः बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्क बहादुर गुरुङ र अम्बिका गुरुङ चयन भएका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्र प्रसाद सिग्देल संयोजकमा चयन भएका छन् भने सदस्यमा इन्द्र प्रसाद भट्टराई र लक्ष्मी गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत दयाराम गौतमले जानकारी दिए ।

सहकारीका सचिव शान्त कुमार श्रेष्ठको सञ्चालनमा सुरु भएको साधारण सभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले नियम र कानुनको पालना गरे कुनै पनि सहकारी कमजोर नहुने धारणा व्यक्त गरेका थिए । सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा सुरु भएको सभामा सहकारीका मानार्थ संरक्षक शरदकान्त सिग्देलले स्थानीय स्तरमा हुने सहकार्य र एकतामा जोड दिँदै २५ वर्ष लामो इतिहासलाई जोगाउन सक्नु पर्ने बताए । सभाका रजत स्मारिमा विमोचन समेत भएको थियो । उपाध्यक्ष माधवप्रसाद सिग्देलको स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य तारामती गुरुङ र विमला गुरुङलाई सम्मान गरिएको थियो ।

वर्ष उत्कृष्ट तथा १५ वर्ष बढि निरन्तर सेवा गरेका कर्मचारीमा सुपरभाइजर रुपा गुरुङ र वरिष्ठ सहायक मनबहादुर गुरुङलाई खादा, माला, प्रमाणपत्र र मायाँको चिनोले पुरस्कृत गरिएको महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् । सभामा तीर्थबहादुर बस्नेतले अध्यक्षको, शान्तकुमार श्रेष्ठले सचिवको, जय प्रसाद सापकोटाले कोषाध्यक्षको र ज्ञानेन्द्र प्रसाद सिग्देलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

कार्यक्रममा सहकारीको ७ सिद्धान्त शारदा पराजुलीले बाचन गरेकी थिइन् भने सेयर सदस्यका तर्फबाट किरण केसी र सत्यदेवी खनालले बोलेका थिए । सहकारीमा मंसिर मसान्त सम्ममा १८ करोड ९४ लाख १७ हजार ७ सय रुपैयाँ कुल सेयर पुजी रहेको छ भने तरलता ३१ प्रतिशत रहेको सहकारीका महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् । सेयर सदस्य ३ हजार ७ सय ९८ जना रहेको सहकारीले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist