Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कालिका मा. वि. रामबजारमा सम्पन्न सामुदायिक विद्यालय क्लस्टर स्तरीय लोकनृत्य प्रतियोगिता बाराही मावि प्रथम

कालिका मा. वि. पोखरा–१० रामबजारमा सामुदायिक विद्यलाय क्लस्टर स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । कालिका मा.वि. रामबजारले आयोजना गरेको उक्त सामुदायिक विद्यालय क्लस्टर स्तरीय लोकनृत्य प्रतियोगितामा बाराही मा।वि। मालेपाटन प्रथम भएको छ। प्रतियोगितामा कूल आठ विद्यालय सहभागीता भएकोमा आयोजक कालिका मा. वि.ले द्वितीय स्थान, सिद्ध मा. वि. फलेपाटनले तृतिय स्थान र वाल मन्दिर मा. वि. नदीपुरले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका सहायक प्र.अ. एवम् कार्यक्रमका संयोजक कुशल लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले विद्यार्थीहरूको सृजनशीलता अभिवृद्धि गर्दै लोक सँस्कृतीको सँरक्षणमा कार्यक्रम फलदायी रहेको वताउनु भयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले स्वागत मन्तव्य राख्दै क्लस्टरले विभिन्न समयमा रचनात्मक र विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको जानकारी गराउनु भयो।

विजयी विद्यार्थीलाई पोखरा १० का वडा सदस्य परमेश्वर बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण श्रेष्ठ, विद्यालयका प्र.अ. श्रीराम आचार्य, कार्यक्रम संयोजक कुशल लामिछाने लगायतले नगद पुरस्कार तथा ट्रफी सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको पर्वद्धक पोखरा महानगरपालिका वडा नं १० रहेको थियो भने निर्णायकको भूमिका युवराज गुरूङ, गम्भिर बर्देवा, प्रिती गुरूङले निर्वाह गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक ज्ञान बहादुर थापाले गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा भएको अन्तरनिहित प्रतिभा प्रफुस्टन हुनुका साथै सांस्कृतिक चेतना जागृत गर्दै उनीहरूको प्रतिभा निखार्ने अवसर भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै जाने कार्यक्रमका संयोजक लामिछानेले बताउनुभयो।

कार्यक्रममा विद्यालयका सहायक प्र.अ. एवम् सूचना अधिकारी लक्ष्मीकान्त अधिकारीले यस मा. वि. ले यही माघ २१ गते श्रीपन्चमीका दिन ६१औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको कार्यक्रम रहेको र उक्त कार्यक्रमका अवसरमा बिज्ञान प्रर्दशनी, फुड फेस्टिवल, पुस्तक मेला, शैक्षिक सामाग्री प्रर्दशनी, स्वास्थ्य परिक्षण, उच्च शिक्षा हासील गरी बिभिन्न जिम्मेवारीमा रहेका यस विद्यालयका भूतपूर्व बिद्यार्थीहरुलाई सम्मान, अक्षयकोष छात्रवृत्ति बितरण लगायत बिभिन्न सास्कृतीक कार्यक्रम गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist