Tuesday, March 11, 2025

आजको मिति: २०८१ फाल्गुन २७ ,मंगलवार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कुमुदिनी होम्समा सरस्वती पूजामा महाआरती

पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले सोमवार श्रीपञ्चमीको अवसरमा रस्वती पूजासहित महाआरती सम्पन्न गरेको छ।
श्रीपञ्चमी पर्वको अवसरमा हरेक वर्ष सरस्वती पूजा गरिँदै आएको भएपनि यसपालि भने विशेष पूजासित पोखराको तालबाराही मन्दिरको पुजारीहरूबाट महाआरती गरिएको विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो। सरस्वती पूजामा विद्यार्थीहरूलाई सहज होस् भनेर सामूहिक रूपमा विधिपूर्वक आराधनाको व्यवस्था गरिएको थियो ।

प्रायस् जसो विभिन्न धार्मिक तीर्थस्थलहरूमा मात्र सञ्चाल हुने महाआरती विद्यार्थीहरूलाई प्रत्यक्ष रुपमा अवलोकन गरी यसको महत्त्व र गरिमा बुझाउन विद्यालयमै सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको कुरा अध्यक्ष पालिखेले बताउनुभयो । विद्यार्थीहरू लामबद्ध भइ सरस्वतीको तस्बिरमा फूलमाला र प्रसाद चढाउँदै पूजामा सरिक भएका थिए।उक्त कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र अन्य जनप्रतिनिधिहरू, पत्रकारहरू र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कक्षा ८ ९ग ० का शब्दकान्त अधिकारी र कक्षा ४ का विद्यार्थीहरूले सरस्वती वन्दना कक्षा ५ (क) का अभिनाश कार्कीले हनुमान चालिसे पाठ गरेका थिए। कक्षा ७ (क) की प्रतिष्ठा के.सी, कक्षा ८ की आभना विश्वकर्मा र दिव्या आचार्यले सरस्वतीको महिमाका बारेमा कविता वाचन गरेका थिए भने कक्षा ५ का छात्राहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । अक्षर आरम्भका अवसरमा डेढ दर्जन बढी बालबालिकाहरूले अक्षर आरम्भसहित विद्यालयमा भर्ना भएको कुरा मन्टेस्वरी शिक्षिका ज्योति गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist